चीन भ्रमण निकै फलदायी : अग्नि सापकोटा « Khabarhub

चीन भ्रमण निकै फलदायी : अग्नि सापकोटा


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन भ्रमण निकै फलदायी भएको बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा १५ दिन लामो चीन अध्ययन भ्रमण पूरा स्वदेश फर्किपछि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले दुई पार्टीकाबीच एक अर्कालाई सहयोग गर्ने लगायतका विषयमा निकै फलदायी कुराकानी भएका बताए । उनले चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिले शान्ति प्रक्रियाका बारेमा चासो राखेको र यसमा चीनले सहयोग गर्नुपर्नेमा आफूले जोड दिएको बताए ।

भ्रमणका क्रममा जुलाईको अन्तिम साता वा अगस्टको पहिलो सातातिर चीनको भ्रमण गर्ने सम्भावना रहेको प्रधानमन्त्री प्रचण्डको सन्देश चिनियाँ कम्युनिस्ट पार्टीसमक्ष राखिएको उनले बताए । त्यस्तै बिआरआई अन्तर्गत सस्तो ब्याजदरमा ऋण भनिएपनि केही योजनाहरूमा अनुदान दिन प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावका बारेमा पनि जानकारी गराइएको र सकारात्मक जवाफ प्राप्त भएको सापकोटाले जानकारी दिए ।

उनले आगामी दिनमा चीन भ्रमणलाई व्यवस्थित गर्नका लागि र अभिलेखीकरण राख्नका लागि समिति बनाइएको जानकारी दिए । सापकोटाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधि मण्डल चीनमा दुई साताको अवलोकन भ्रमण सम्पन्न गरी जेठ १८ गते राती स्वदेश फर्किएको थियो । 

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ४ : ५९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको