रैथाने बाली जगेर्ना गर्न अभियान सञ्चालन « Khabarhub

रैथाने बाली जगेर्ना गर्न अभियान सञ्चालन


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

धनगढी– बझाङको विकट क्षेत्रमा रहेको मष्टा गाउँपालिकाले रैथाने बाली जगेर्ना गर्ने अभियान सञ्चालन गरेको छ । रैथाने वालीको प्रबर्द्धन गर्न मष्टा गाउँपालिकाले त्यहाँका नागरिकलाई रोजगारी जोडने महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको हो ।

मष्टा गाउँपालिकामा धेरै फल्ने कोदो, जौँ, फापर, कागुनू, सीमि, लट्टे (मार्से)  को जगेर्ना गर्नका लागि स्थानीयलाई खेतीमा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिका अध्यक्ष ज्ञान बहादुर बोहराका अनुसार रैथाने वाली संरक्षण गर्न घर–घरमा रोजगारी कार्यक्रम सञ्चालन भइरहेको छ । ‘वाली संरक्षणका लागि स्थानीय नागरिकलाई जोड्नु आवश्यक छ,’ अध्यक्ष बोहराले भने, ‘स्थानीयलाई जोड्दा उनीहरूलाई रैथाने वाली प्रबर्द्धन गरेरै रोजगार बनाउने नीति लगेका छौं ।’ पालिकाले स्थानीय नागरिकलाई बीउ उपलब्ध गराउने, उत्पादन भएको खाद्य सामग्री खरिद गरेर बजारीकरण गर्ने काम गर्दै आएको उनले बताए । स्थानीय वालीमा पालिकाका नागरिकलाई निर्भर बनाउन जंग फुडको सट्टा रैथाने वालीबाट बनेका खाजाका परिकार प्रयोग गर्नुपर्ने नीति लगिएको मष्टा गाउँपालिकाका कृषि अधिकृत प्रभाकर जोशीले बताए । 

‘सरकारले प्रदान गर्ने विद्यालय दिवा खाजा कार्यक्रममा पनि रैथाने वालीबाट बनेका खानाका परिकार प्रयोग गर्ने योजना बनाएका छौं,’ कृषि अधिकृत जोशीले भने, ‘त्यसका लागि ६ दिनमा के खुवाउने भन्ने तालिका पनि बनाइएको छ, त्यसले गर्दा किसानलाई उत्पादन खाद्य वस्तुको बजारीकरणमा समस्या हुने छैन ।’ किसानले उत्पादन गरेको रैथाने वालीको बजारी करणका लागि अन्य निकायसँग पनि समन्वय भइरहेको उनले बताए । पालिकाले नै ढुवानी गरेर जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था पनि गरिएको छ,’ जोशीले भने, ‘कृषि सम्बन्धी व्यवसाय गर्ने संघ संस्थासँग पनि सम्झौता गरिएको छ, त्यसैले अव किसानले उत्पादन गरेको सामग्री खेर जाने समस्या हुने छैन ।’

रैथाने वाली संरक्षण गर्नुको उद्देश्य बढ्दो बेरोजगारी समस्या समाधान गर्ने पनि रहेको उनले बताए । ‘मष्टा गाउँपालिकाका आधा जति युवा रोजगारीको सिलसिलामा भारत वा अन्य देश गएका छन्,’ पालिका अध्यक्ष ज्ञानबहादुर बोहराले भने, ‘ती युवालाई गाउँमै रोक्नका लागि पनि यो योजना प्रभावकारी हुने अपेक्षा गरेका छौं ।’ रैथाने वाली स्वास्थ्यका दृष्टिले पनि उपयोगी रहेका र बदलिदो जलवायु परिवर्तनको असर सँग लड्न सक्ने क्षमताका रहेका उनले बताए ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ६ : १३ बजे

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त