प्रधानमन्त्री प्रचण्डद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इन्दोर – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् ।

सो क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताए।

कूल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिए ।

सो केन्द्रले फोहरलाई व्यस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दोर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।
केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिहरु पठाइ फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न आज बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दोर पुगेका हुन् । इन्दोर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सम्मानमा आजै मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका छन् ।

प्रधामन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत गएका हुन् ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : १६ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट