प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज « Khabarhub

प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इन्दोर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले रात्रिभोज आयोजना गरेका छन् । मुख्यमन्त्री चौहानले शुक्रबार साँझ इन्दोरमा रात्रिभोजको आयोजना गरेका हुन् ।

मध्यप्रदेशस्थित होेटल म्यारियटमा मुख्यमन्त्री चौहानले नेपाल र भारतबीच सदिऔँदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप विस्तार गर्नका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमण भएकामा प्रसन्नता व्यक्त गरे। प्रधानमन्त्री दाहालसँगै नेपाली ढाका टोपीमा देखिएका चौहान र उनका सरकारका वरिष्ठमन्त्रीको समेत त्यस अवसरमा सहभागिता थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू र आफ्नो प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेको मुख्यमन्त्री चौहानलाई धन्यवाद दिए । कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोेलप्रसाद गजुरेल, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायतको सहभागिता थियो ।

इन्दोर सहरमा नेपाल र भारतबीचको मैत्री सम्बन्ध अमर रहोस्, नेपालका प्रधानमन्त्री दाहाललाई स्वागत छ लेखिएका होर्डिङ बोर्ड राखिएका छन् । चोक चोकमा अनेकन झाँकी प्रस्तुत गरिएको थियो । उक्त झाँकीमा यहाँ रहेका नेपालीको सहभागिता थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि सार्नुभएको स्वच्छ भारत अभियानको सफल उदाहरणको रूपमा इन्दोरलाई लिन सकिन्छ । सडक, चोक, गल्ली कतै पनि सामान्य फोहरसमेत देखिँदैन । खास अर्थमा स्वच्छ भारत अभियानको नेतृत्व गरेको यस सहरले प्राप्त गरेको सफलतालाई नेपालको सङ्घीय राजधानी काठमाडौँमा प्रयोग गर्न सकिने भन्दै प्रधानमन्त्री प्रचण्डले फोहर व्यवस्थापनको यस ढाँचाका बारेमा सरकारले थप अध्ययन गरेर अगाडि बढ्ने बताएका छन् ।

फोहरलाई मोहर बनाएको इन्दोरलाई यस दिशामा अगाडि बढाउन आफूहरूको ठूलो मेहनत परेको इन्दोर नगर निगमका प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहको भनाइ छ । नेपाल सरकारले यस पटकको नीति तथा कार्यक्रममा वातावरण संरक्षण र फोहर व्यवस्थापनको विषयलाई विशेष महत्त्व दिएको छ । भारतको यस सहरले कार्बन क्रेडिट बिक्री गरेर मात्रै आठ करोड ३४ लाख भारतीय रुपैयाँ आम्दानी गरेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १० : ५३ बजे

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त