विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै « Khabarhub

विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले आज प्लेअफमा यूएईसँग खेल्दै छ ।
आइतबार दिउँसो पौने १ बजे खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा सुरु हुँदैछ ।

आजको स्पर्धाका विजेताले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । पहिलो प्लेअफमा अमेरिकालाई परााजित गर्दै आयरल्यान्डले सातौं स्थानको लागि प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । यो प्लेअफमा पराजित टिमले भने नवौं र दसौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल र यूएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले आठ वटा जित निकाल्दा यूएई ६ वटा खेलमा विजयी भएको छ ।

विश्वकप छनोट अन्तर्गत नेपाल समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भयो। अन्तिम तथा चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको हो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : ५० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्