फ्रान्समा प्रहरीबाट मारिएका किशोरको अन्त्येष्टिमा हजारौँ सहभागी « Khabarhub

फ्रान्समा प्रहरीबाट मारिएका किशोरको अन्त्येष्टिमा हजारौँ सहभागी


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको नान्तेरेमा प्रहरीको गोलीबाट मारिएका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।

नाहेलको अन्त्येष्टिमा हजारौँको संख्यामा युवाहरूको सहभागिता रहेको थियो । सहभागीले आँसुका आँखाले उनको अन्तिम बिदाइ गरे । 

मिडिया रिपोर्टका अनुसार सयौँ मानिसहरूले अन्त्येष्टि अवधिमा ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए।

गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । 

नाहेलले कार चलाउँदै थिए, ट्राफिक सिग्नलमा रोकिँदा प्रहरी अधिकृतले उनको पछि लागे र छातीमा गोली हाने । नाहेलको हत्या गर्ने प्रहरी अधिकारी पछि पक्राउ परेका थिए ।

नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दंगा भइरहेको छ । प्रदर्शनकारीहरूले सरकारी टाउन हल, विद्यालय र प्रहरी चौकीका साथै सुपरमार्केट जस्ता अन्य भवनहरूलाई पनि निशाना बनाएका छन् । साथै सयौं सवारी साधनमा आगजनी गरेका छन् ।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार दंगामा संलग्न रहेको आरोपमा १ हजार ३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ३९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक