सारङ्गी संरक्षण अभियानमा लुम्बिनी प्रदेश सरकार « Khabarhub

सारङ्गी संरक्षण अभियानमा लुम्बिनी प्रदेश सरकार


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिबार तुलसीपुरमा भेला भए । करिब ६३ घरधुरी रहेको सो टोलका उनीहरु मध्ये सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ । उनीहरूलाई सारङ्गी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ । 

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय सङ्कटको पेसा बचाउन उनीहरूलाई सशक्तीकरण गर्न लागेको छ । 

सोही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका ७० वर्षीय शालिकग्राम गन्धर्वले पेसा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता लागेको बताए ।

उनले भने, ‘सारङ्गी बाजामा चारवटा तार र त्यसबाट ३६  स्वर निकाल्न सकिन्छ । यसमा त राष्ट्रियता पो झल्किन्छ । यो पेसालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्छ ।’

सारङ्गी बाजा बनाउने र बजाउने सीप सिकाउँदै आएका गणेश गन्धर्वले खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटोबाट सारङ्गी बनाउन सकिने जानकारी दिए । उनले २५ सारङ्गी तयार पारेका छन् । आफूले बनाएका सारङ्गीको बजार मूल्य पाँचदेखि ३५ हजार रुपैयाँ रहेको बताए । 

एउटा सारङ्गी बनाउन पाँच दिन लाग्ने  गणेशले जानकारी दिए । उनले भने, ‘राज्यका तर्फबाट सीप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै सङ्कटको सारङ्गी बचाउन सकिन्छ ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्कटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए । 

उनले गन्धर्व समुदायको सङ्कटमा परेको पेसा बचाउने दायित्व सरकारको भएको बताए । नगरप्रमुख खड्काले सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्द्धन गरेर व्यावसायिकरूपमा अघि बढाउन सकिने बताए ।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्ता माझ पुर्याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवर्द्धन गरेको छ । पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सारङ्गी बाजाका लागि सङ्गीत कक्षा र सारङ्गी बनाउने सीप प्रवर्द्धन गरिएको जानकारी दिए । 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ५४ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष