सारङ्गी संरक्षण अभियानमा लुम्बिनी प्रदेश सरकार « Khabarhub

सारङ्गी संरक्षण अभियानमा लुम्बिनी प्रदेश सरकार


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिबार तुलसीपुरमा भेला भए । करिब ६३ घरधुरी रहेको सो टोलका उनीहरु मध्ये सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ । उनीहरूलाई सारङ्गी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ । 

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय सङ्कटको पेसा बचाउन उनीहरूलाई सशक्तीकरण गर्न लागेको छ । 

सोही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका ७० वर्षीय शालिकग्राम गन्धर्वले पेसा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता लागेको बताए ।

उनले भने, ‘सारङ्गी बाजामा चारवटा तार र त्यसबाट ३६  स्वर निकाल्न सकिन्छ । यसमा त राष्ट्रियता पो झल्किन्छ । यो पेसालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्छ ।’

सारङ्गी बाजा बनाउने र बजाउने सीप सिकाउँदै आएका गणेश गन्धर्वले खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटोबाट सारङ्गी बनाउन सकिने जानकारी दिए । उनले २५ सारङ्गी तयार पारेका छन् । आफूले बनाएका सारङ्गीको बजार मूल्य पाँचदेखि ३५ हजार रुपैयाँ रहेको बताए । 

एउटा सारङ्गी बनाउन पाँच दिन लाग्ने  गणेशले जानकारी दिए । उनले भने, ‘राज्यका तर्फबाट सीप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै सङ्कटको सारङ्गी बचाउन सकिन्छ ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्कटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए । 

उनले गन्धर्व समुदायको सङ्कटमा परेको पेसा बचाउने दायित्व सरकारको भएको बताए । नगरप्रमुख खड्काले सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्द्धन गरेर व्यावसायिकरूपमा अघि बढाउन सकिने बताए ।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्ता माझ पुर्याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवर्द्धन गरेको छ । पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सारङ्गी बाजाका लागि सङ्गीत कक्षा र सारङ्गी बनाउने सीप प्रवर्द्धन गरिएको जानकारी दिए । 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ५४ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष