मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ गरिएको छैन : मन्त्री गुरुङ « Khabarhub

मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ गरिएको छैन : मन्त्री गुरुङ


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ नगरिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि बढाउन केही ढिलाइ भएपनि मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ नगरिएको बताएका हुन् ।

समयमा नै विधेयक संसदमा प्रस्तुत हुनुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै उनले नेपाल सरकारका तर्फबाटै माफी मागे । उनले कानूनमार्फत मिटरब्याजी प्रकरणमा दोषी हुने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे ।

उनले आर्थिक लेनदेनको कारोबारलाई स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानूनी व्यवस्थाको प्रस्ताव गरिएको र यसका कारण वास्तविक ऋण लिनेहरु नठगिने र नक्कली पीडित हुने समस्या पनि नहुने दाबी गरे ।

बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ३ : २९ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको