मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ गरिएको छैन : मन्त्री गुरुङ « Khabarhub

मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ गरिएको छैन : मन्त्री गुरुङ


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ नगरिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि बढाउन केही ढिलाइ भएपनि मिटरब्याजीको समस्या समाधानमा कुनै हेलचेक्र्याईँ नगरिएको बताएका हुन् ।

समयमा नै विधेयक संसदमा प्रस्तुत हुनुपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै उनले नेपाल सरकारका तर्फबाटै माफी मागे । उनले कानूनमार्फत मिटरब्याजी प्रकरणमा दोषी हुने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे ।

उनले आर्थिक लेनदेनको कारोबारलाई स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानूनी व्यवस्थाको प्रस्ताव गरिएको र यसका कारण वास्तविक ऋण लिनेहरु नठगिने र नक्कली पीडित हुने समस्या पनि नहुने दाबी गरे ।

बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ३ : २९ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक