कला–साहित्य र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

कला–साहित्य र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु : प्रधानमन्त्री प्रचण्ड


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकुद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताएका छन् ।

आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाहरूको भविष्यसँग जोडिएको बताए ।

‘तपाईहरूले देख्नुभएकै छ, यसपटक मैले कला–साहित्य र खेलकुदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । खेलकुदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयमिक महत्व छ । सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रवर्द्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु । बक्सिङ खेललाई राम्रोसँग स्थापित गर्न तपाईहरूले जुन भूमिका खेल्नुभएको छ, त्यो महत्वपूर्ण छ । यसमा सरकारको साथ र सहयोग रहन्छ ।’

नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकुद संघ र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : ४० बजे

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी