‘प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट गुजरातलाई सर्वाधिक लाभ’ « Khabarhub

‘प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट गुजरातलाई सर्वाधिक लाभ’


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जमनगर- भारतको गुजरात राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणले गुजरातलाई सबैभन्दा बढी फाइदा पुगेको बताएका छन् ।

जामनगरमा आयोजित एक कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा मुख्यमन्त्री पटेलले प्रधानमन्त्री मोदीको हालैको अमेरिका भ्रमणबारे उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले देशको विकासमा गरेको योगदानको प्रशंसा गर्दै मुख्यमन्त्री पटेलले गुजरात सरकार र अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीबीच भएको  समझदारीबाट आफ्नो राज्यलाई अधिक लाभ पुग्ने बताए । “प्रधानमन्त्री मोदीको सरकारको नौ वर्षको अवधिमा देशले सबै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ, उहाँको अमेरिका भ्रमणबाट गुजरातले सबैभन्दा बढी फाइदा उठाएको छ, हामी अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीसँग सहकार्य गर्दैछौँ, चाँडै उक्त कम्पनीको यहाँ हामी शिलान्यास गर्नेछौँ,” मुख्यमन्त्री पटेलले भने ।

अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीले दुई अर्ब ५० करोड अमेरिकी डलरको लगानीमा गुजरातको सानन्दमा सेमीकन्डक्टर, सेमीकन्डक्टर मेमोरीलगायत सूचना प्रविधिसँग सम्बन्धित विभिन्न उपकरणको ‘एसेम्बली, टेस्ट, मार्किङ, र प्याकेजिङ’ कारखाना स्थापना गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, प्रधानमन्त्री मोदीका साथै अमेरिकी तथा भारतीय उच्च अधिकारीहरूको उपस्थितिमा गुजरातमा माइक्रोन टेक्नोलोजीले कारखाना स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा गुजरात सरकारका अधिकारीसँग हस्ताक्षर गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : ५० बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका