ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद | Khabarhub Khabarhub

ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुिकछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो ।

देशको एकमात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिए । एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो । ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका हुन् ।

पछिल्ला तीन वर्षमा आरक्षले दुई घोरल र एक नाउरको छालासहित पक्राउ परेका अवैध सिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । जडीबुटी र काठको चोरी–सिकारमा संलग्न १६ जनालाई कारबाही गरिएको छ । जनशक्ति अभावले तीन जिल्लामा फैलिएको आरक्षको सबै क्षेत्रमा सुरक्षा निगरानी गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

आरक्षमा बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ । आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला हुन्छ । वर्षमा बीस नाउर र एघार झारलको सिकार गरिन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन् । एक हजार तीन सय २५ वर्ग किमिमा फैलिएको उक्त आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ०२ बजे

गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी

उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत

गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबारे बोल्दा विचार

कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा  

काठमाडौं– एमाले संसदीय दलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई