आफ्ना ११ माग पूरा नभएसम्म बागमती प्रदेशसभाको बैठक अवरुद्ध पारिरहने एमालेको चेतावनी « Khabarhub

आफ्ना ११ माग पूरा नभएसम्म बागमती प्रदेशसभाको बैठक अवरुद्ध पारिरहने एमालेको चेतावनी


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारद्वारा ल्याएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित, अव्यवहारिक र गठबन्धन दलको स्वार्थको लागि प्रयोग गरिएको आरोप लगाएका छन् ।

उनले आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी विनियोजित बजेट पास हुन नदिने अठान दोहोर्याए । नेता थपलियाले जनताको घर जग्गा जोगाउने, खहरे बाढी नियन्त्रण गर्न अति न्यून बजेट विनियोजित गरिएको भन्दै चिन्ता व्यक्त गरे ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको बीच कुनै पनि तालमेल नगरेको टिप्पणी गर्दै उनले बजेटमा विद्युतीय बस, सुरुङ मार्गजस्ता अघिल्लो सरकारले ल्याएको जनमैत्री र प्रदेश गौरवको योजनाको नाम बजेट विनियोजन नगरेको बताए ।

नेता थपलियाले आफ्नो दलको तर्फबाट प्रस्तुत गरिएको ११ वटा माग पूरा नगरेसम्म बैठक अवरुद्ध गरिरहने जिकीर गरे ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : १२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि