अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दैमुद्दा, बिहीबार अदालतमा हाजिर हुने « Khabarhub

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दैमुद्दा, बिहीबार अदालतमा हाजिर हुने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ ।

४५ पृष्ठको अभियोगमा ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, आधिकारिक काम कारबाहीमा बाधा पुर्‍याएको, चुनावी परिणाम अनुमोदन गर्ने प्रक्रियामा अवरोधको प्रयास गरेको र जनताको अधिकारविरुद्धको षड्यन्त्र गरेको अभियोगपत्र दायर गरिएको हो ।

यी अभियोग सुनाउन वासिङ्टन डिसी अदालले ट्रम्पलाई भोलि अदालतमा हाजिर हुन भनेको छ । ट्रम्प जिल्ला न्यायाधीश तान्या चुटकन समक्ष हाजिर हुनु पर्नेछ ।

ट्रम्पमाथि आपराधिक अभियोग लगाइएको यो तेस्रो पटक हो । यसअघि ट्रम्पविरुद्ध गोप्य कागजातहरुको दुरुपयोग एवं व्यापार ठगीको आरोपमा मुद्दा चलिरहेको छ । आफ्नो बढ्दो कानूनी समस्याहरूको बावजुद राष्ट्रपति निर्वाचनको उम्मेदवारी दौडमा भने ट्रम्प अरुभन्दा अगाडि छन् ।

न्यूयोर्क टाइम्स र सिएनएन सर्वेक्षणले ट्रम्पलाई ५४ प्रतिशत समर्थनका साथ रिपब्लिकन उम्मेदवारीको दौडमा सबैभन्दा अगाडि देखाएको छ । अमेरिकी कानूनमा अपराधको आरोप लागेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक्दैन ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : २२ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि