दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन « Khabarhub

दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

सान पाओलो– विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको निधन भएको छ ।

ब्राजिलका स्थानीय मिडियाका अनुसार १२७ वर्षीय जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेस्थित आफ्नै घरमा निधन भएको हो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि उनको निधन भएको हो ।

पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त भएको छ। सन् १९१७ को विवाह प्रमाणपत्रका अनुसार गोम्सको जन्म ४ अगस्ट १८९५ मा भएको थियो। 

यदि उनको उमेरको बारेमा उनको दाबी साँच्चै सही छ भने उनले दुवै विश्वयुद्ध र तीन विश्वव्यापी महामारीको घटनाहरूका पनि आफू बाँच्न सफल भएका थिए ।

गोम्सले जनावरहरूलाई पाल्ने काम गर्थे। उनले एक नम्र र सरल व्यक्तिको आफ्नो छवि सिर्जना गरेका थिए । उनले पुर्ण प्राकृतिक जीवनशैली बिताए। उनी औद्योगिक उत्पादनबाट टाढै रहे र ग्रामीण क्षेत्रका वस्तुलाई प्राथमिकता दिने गरेको थिए । उनको आहारमा स्थानीय रूपमा उब्जाइएको खानेकुरा समावेश थियो र उनी कहिलेकाहीं पिउने गर्थे। 

उनका सात छोराछोरी, २५ नातिनातिना, ४६ पनाति पनातिना छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ५९ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान