केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय, बैठक २ घण्टा पर सर्‍याे « Khabarhub

केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय, बैठक २ घण्टा पर सर्‍याे


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई अब ४०७ सदस्यीय बनाउने भएको हो ।

यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सुरु हुँदैछ ।

बिहान ११ बजे सुरु हुने भनिएको केन्द्रीय समिति बैठक तयारी अपूग भएकाले २ घण्टा पर सारिएको बताइएको छ ।

यस्तै, बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : २१ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल