लम्पी स्किनको उचित उपचारको माग गर्दै एमालेको प्रदर्शन  | Khabarhub Khabarhub

लम्पी स्किनको उचित उपचारको माग गर्दै एमालेको प्रदर्शन 


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरि रोकथाम नियन्त्रणका साथ उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौ पशुहरू प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले आज काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । 

महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलब्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलब्ध गराउनुपर्ने बताए । 

उनाले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रदर्शनमा सहभागीहरूले लम्पि स्किन रोग महामारी घोषणा गर, पीडित किसानलाई क्षतिपूर्ति दे, भ्रष्टाचार नियन्त्रण गर, भूमिहीन समस्या समाधान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १ : २० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले