अर्थतन्त्र उकास्न सबै दल एक हुनुपर्छ : कांग्रेस नेता भण्डारी « Khabarhub

अर्थतन्त्र उकास्न सबै दल एक हुनुपर्छ : कांग्रेस नेता भण्डारी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद शंकर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरूको साझा प्रयास आवश्यक भएको बताएका छन् । 

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनले भने, ‘देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई  ८० अर्ब दिन बाँकी छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्छ ।’

देश बनाउने कुरामा पार्टी संविधान संशोधन गरेर भए पनि एक हुनुपर्ने भनाइ उनको छ । राजनीतिक दलका नेता आफ्नो पार्टीको मूल बाटो छाडेर निजी स्वार्थ र भ्रष्टाचारमा लाग्दा जनताको आकर्षण राजनीतिप्रति शून्य प्रायः नै भएकाले अब राजनीतिक दल नयाँ ढङ्गबाट अगाडि बढ्नुको विकल्प नरहेको भनाइ उनको थियो ।

‘देश बचाउने कुरामा पार्टीहरू संविधान संशोधन गरेर भए पनि एक हुनैपर्छ’, उनले भने, ‘राष्ट्रिय स्वाधीनताप्रति दलहरू विचलित हुनुहुँदैन ।’ समाजवाद उन्मुख अर्थनीति अँगालेका नेपालका नेता आफ्नो स्वार्थपूर्तिमा मात्र लागेपछि नेपाली जनताले कसरी विकास र समृद्धिको आशा गर्ने रु उनको प्रश्न थियो । राजनीतिक संकटका बेला दलहरूकै नेताबाट आपराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनै बढी राजनीतिक वितृष्णा जागेको उनले बताए ।  

नयाँ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि कुनै शक्ति केन्द्रबाट चलेको छ भन्ने कुरा केही समयपछि जनताले नै स्पष्ट रुपमा थाहा पाउने भनाइ उनको छ ।
नेपाललाई धर्म निरपेक्षता राष्ट्र घोषणा गर्दादेखि नै नेपाल कमजोर भएको र देशप्रतिको स्वाधीनता हराउँदै गएको जिकिर गर्दै उनले संविधान संशोधन गरेर भए पनि देशलाई सनातन वैदिक हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : ०८ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’