गाउँमा बिजुली बत्ती बलेपछि स्थानीय खुसी | Khabarhub Khabarhub

गाउँमा बिजुली बत्ती बलेपछि स्थानीय खुसी


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

मुगु– सोरु गाउँपालिका–१ जवलधारागहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले  पुरुषभन्दा बढी बढी खुसी देखिएका छन् । बत्ती बलेपछि  भान्सा, चुलोचौको, सरसफाइदेखि वनजंगलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै  र कामको बोज घटेकाले उनीहरूमा खुसी छाएको हो । 

‘घरमा दाउरा र दियालोको प्रयोगले परिवारका लुगा छिट्टै मैला हुन्थे, भाँडाकुडा काला हुन्थे, अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने, घरमा उज्यालो गर्न दियालोको प्रयोग घटनाका साथै  धुँवा कम हुने भएपछि आफूहरुको आधा काम कम भएको छ जवलधारा गाउँकी झपु मल्लले भनिन्, ‘हामीले जति राम्रो र सफासुग्घर गरेपनि धुँवाले गर्दा मैला देखिन्थ्यौँ अब राम्रो र चिटिक्क देखिने भयौँ ।’

सोही गाउँकी जालगेडी मल्ल पनि गाउँमा बिजुलीबत्ती बलेपछि खुसी छन्। उनले भने, ‘बत्ती नहुँदा घरको काम गर्न असहज हुन्थ्यो, छोराछोरीको पढाइलेखाइमा पनि गाह्रो हुनाका साथै  घरका प्रायलाई स्वास प्रस्वास तथा अन्य समस्या देखापरेको थियो यी सबै समस्या बत्ती आएपछि हट्ने र आफूहरूको कार्यबोज घटेर  आराम गर्न फुर्सद मिल्ने आश पलाएको छ ।’

पानीको स्रोत नै नभएका यी बस्तीमा जलविद्युत्बाट गाउँ झिलिमिली भएपछि सबै हर्षित छन् । बालबालिका विद्यालयबाट घर आएपछि बेलुका बत्ती नहुँदा दियालो र टुकीमा पढ्न बाध्य थिए ।

 दियालोका कारण बालबालिकालाई कहिले पोल्ने कहिले घर नै आगलागी हुने घटना हुँदै आएको थियो । अब बिजुलीका कारण बालबच्चाको पढाइ, सरसफाइ र आनीबानीमा समेत सुधार आउनाका साथै देश विदेशका खबर टेलिभिजनमा हेर्न पाइने भएको सोही गाउँका चक्र छन्त्याल बताउँछन् । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु चार करोडको लागतमा गुल्माघाट जलविद्युत् आयोजनाबाट ३८ किलोवाट विद्युत् उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्वित भएका हुन् । 

कर्णाली प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर शाहीको सक्रियतामा गाउँमा बत्ती बालिएको गुल्माघाट जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष कमानसिँह मल्ल सुनाउँछन् । बत्तीले गाउँ झिलिमिली भएपछि गहताडीजवलधारा गाउँवासीलाई  मोबाइल चार्ज गर्न रेडियो बजाउन र राति पढ्न पनि सहज भएको छ । 

बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुसी हुँदै राति अबेरसम्म पढ्न थालेको शिक्षक हीरालाल शाही बताउँछिन् । बिजुली बल्ने बित्तिकै विद्यार्थी कापीकलम समातेर पढ्न सुरु गर्छन् पहिले स्कुलबाहेक घरमा पढ्ने बानी प्राय विद्यार्थीमा थिएन शिक्षक शाहीको भनाइ थियो । गुल्मा जिउलादेखि पाँच किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाइ सोही नगरबाट पानी ल्याएर जलविद्युत् उत्पादन गरिएको उक्त आयोजना निर्माण समितिले जनाएको छ ।

उक्त विद्युत् निर्माणका लागि वैकल्पिक ऊर्जाले सहयोग गरेको करिब चार करोड बजेटमा विद्युत्को पोल, वाइरिङतार, आवश्यक उपकरण, पाइप खरिद तथा ढुवानीमा खर्च भएको र पावर हाउस स्थानीयवासीको श्रमदानबाट निर्माण गरिएको जलविद्युत् आयोजना निर्माण समितिका सचिव लोकबहादुर मल्ल जानकारी गराउँछन् । 

सो आयोजनाबाट उत्पादन गरिएको ३८ किलोवाटको विद्युत् गहताडी गाउँका २२ घरधुरीमा पनि पुर्‍याइएको स्थानीयवासी ऐनबहादुर मल्ल ले बताए। 

उक्त आयोजनाबाट नचारा गाउँका ५६, जोगीबाडा गाउँका २७, नार्थपु गाउँका ६४, धुपीगाउँका १० र  जडेपानी गाउँका ४२ घरधुरीमा पनि विद्युत् पुर्‍याउने लक्ष्यका साथ पोल विस्तार र वाइरिङ गरी बत्ती बाल्ने काम अन्तिमचरणमा पुर्‍याइएको वडा नं १ का वडाध्यक्ष धनकर्ण मल्लले बताए। 

हुम्लाको कर्णाली नदीबाट गुल्मा सिँचाइ नहर प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत् उत्पादनसँगै करिब १२ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्न टेवा पुगेको छ ।पानीको स्रोत नहुँदा धान र गहुँ उत्पादनमा कठिनाइ हुँदै आएकामा गुल्मा क्षेत्रको नहरबाट पानी पुगेपछि सिँचाइमासमेत सुबिधा पुगेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ३१ बजे

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन 

पहिरेबेंसी– चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित