माइतीबाट घर पुगेकी महिलाको शव फेला « Khabarhub

माइतीबाट घर पुगेकी महिलाको शव फेला


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

धनगढी– माइतीबाट घर पुग्ने बित्तीकै कैलालीमा एक महिलाको मृत्यु भएको छ। 

धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन्। मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।

दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोहिदिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। संजीताका श्रीमान् २६ वर्षीय सुवेत यादब सोहिदिन ४-५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। संजीता घर पुग्ने वित्तीकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादवसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले जनाएको छ।

संजीताको आत्महत्या नभई हत्या भएको हुन सक्ने माइती पक्षको अनुमान छ।  संजीताको मोबाइल समेत उनका श्रीमान् सुवेत यादबसँग भेटिएको मृतक संजीताका मामा हरिनारायण चौधरीले बताए। माइतबाट सकुसल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देहत्याग गरेको विषय पत्यारलाग्दो नभएको उनी बताउँछन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ४९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको