गुण्डागर्दी गरेको आरोपमा ५ जना पक्राउ « Khabarhub

गुण्डागर्दी गरेको आरोपमा ५ जना पक्राउ


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बौद्ध जोरपाटीलगायतका स्थानमा सर्वसाधारणसँग अनावश्यक विवाद गरी डर, त्रास, भय सृजना गरेर गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौँको जोरपाटी बस्ने २८ वर्षीय बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काठमाडौको गोकर्णेश्वर बस्ने ३४ वर्षका श्यामबहादुर लामा, सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत छन् ।

त्यसैगरी, सोही आरोपमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर र सिन्धुपाल्चोकको चौतारा साँघाचोकगढी घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ रहेका छन् ।

उनीहरु समूहमा गई सर्वसाधारणलाई कुटपिट गर्ने, गैरकानुनी रूपमा रकम माग गर्नेलगायतका अपराधिक गतिविधिमामा संलग्न रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : २२ बजे

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ