बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय « Khabarhub

बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ ।

बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचार विरोधी आयोगका वकिल खुशीद आलम खानले एएफपीलाई बताए ।

खानले भने, “विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा नौ वर्षको जेल सजाय सुनाइएको छ भने उहाँकी पत्नीलाई पतिलाई दुरुत्साहन गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।”

बीएनपीका वकिल मसूद अहमद तालुकदारले यो सजाय ‘शत प्रतिशत राजनीति प्रतिशोधबाट प्रेरित’ भएको बताउँदै तारिक रहमानलाई ‘डिसेम्बर–जनवरीको आम चुनावअघि राजनीतिबाट टाढा राख्न’ यो मुद्दा चलाइएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकार गठन गरी निर्वाचनको पर्यवेक्षण गर्न दिन माग गर्दै बीएनपी र यसका सहयोगीहरूले गत वर्षदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन् ।

वरिष्ठ प्रहरी अधिकारी रशानुल हक सैकतका अनुसार रहमान दम्पतीलाई सजाय सुनाएपछि ढाकास्थित पार्टी मुख्यालयबाहिर करिब एक हजार बीएनपी समर्थकले ¥याली निकालेका थिए ।

पश्चिमा सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । यहाँ सत्तारुढ दलले विधायिकामा प्रभुत्व जमाएको र यसलाई रबर स्ट्याम्पको रूपमा ‘भर्चुअल’ रूपमा सञ्चालन गरिरहेको आरोप उनीहरूले लगाउँदै आएका छन् ।

सन् २००८ देखि लण्डनमा बस्दै आएका तारिक रहमानलाई सन् २००४ मा तत्कालीन विपक्षी नेतृ हसिनाको समर्थनमा आयोजित राजनीतिक ¥यालीमा २० जनाभन्दा बढीको ज्यान जाने गरी भएको ग्रेनेड आक्रमणमा संलग्न भएको आरोपमा सन् २०१८ मा आजीवन काराबासको सजाय सुनाइएको थियो । रहमानकी आमा खालिदा जिया त्यतिबेला प्रधानमन्त्री थिइन् ।

दुई पटकसम्म प्रधानमन्त्री बनेकी जियालाई सन् २०१८ मा भ्रष्टाचारको दुई छुट्टाछुट्टै मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

उनको अनुपस्थितिमा तारिक रहमानले बेलायतबाट पार्टीको नेतृत्व गर्दै आएका छन् ।

राजनीतिमा संलग्न नरहेकी जुबैदा पेशाले चिकित्सक हुन् र उनलाई यसअघि कहिल्यै सजाय दिइएको थिएन । दोषी ठहरिएसँगै उहाँलाई घर फर्कन अबरोध सिर्जना भएको छ साथै यसले उनलाई चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य बनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ३१ बजे

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको योजनामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन

एमालेले माग्यो गृहमन्त्री गुरूङको राजीनामा, छानबिनका लागि उच्चस्तरीय संयन्त्र बनाउन माग

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवादित व्यवसायी दीपक भट्टसँग

नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका