हिन्द प्रशान्त क्षेत्रलाई खुला, स्वतन्त्र र समृद्ध बनाउन जापान र भारत सहमत « Khabarhub

हिन्द प्रशान्त क्षेत्रलाई खुला, स्वतन्त्र र समृद्ध बनाउन जापान र भारत सहमत


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- हिन्द प्रशान्त क्षेत्रलाई खुला, स्वतन्त्र र समृद्ध बनाउन जापान र भारत सहमत भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मन्त्रीस्तरीय सुरक्षा बैठकका क्रममा समावेशिता र विधिको शासनका आधारमा यस क्षेत्रमा थप सहकार्य गर्न दुई मुलुक सहमत भएका हुन् ।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका जापानी समकक्षी योशिमासा हायाशी सहभागी रहेका थिए ।

बैठकका क्रममा भारत र जापानबीच कायम विशेष रणनीतिक सम्बन्ध र विश्वव्यापी साझेदारीका विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

बैठकका क्रममा द्विपक्षीय सम्बन्ध, दुई मुलुकका साथै अमेरिका र अस्टे«लिया सहभागी क्वाड समूह, जी २० र जी ७ जस्ता बहुपक्षीय मञ्चलगायतका मुद्दाहरुमा पनि चर्चा भएको थियो ।

दुई देशका मन्त्रीहरुले द्विपक्षीय सहकार्यप्रति सन्तोष व्यक्ति गर्दै आत्मरक्षा एवम् सुरक्षा क्षेत्रमा कायम साझेदारीलाई अझ गहिरो बनाउने विषयमा छलफल गरेका थिए ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ४२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल