गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै | Khabarhub Khabarhub

गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडीबुटी खेती प्रभावकारी बन्दै गएको छ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिससेदकचिनी (खिरौला) लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो ।

डिभिजन वन कार्यालयको सहयोगमा एक लाख ३५ हजार अतिसखिरौलाका बिरुवालगायत अन्य बहुमूल्य जडीबुटी निकै राम्रोसँग फस्टाउँदै गएकाले गुर्जालाई जडीबुटीको ‘हब’ र अध्ययन केन्द्र बनाउन लागिएको धवलागिरि–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। 

समूहमा आबद्ध २५ जनाले सामूहिक रूपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर रोपेका बिरुवा अहिले उत्खननयोग्य बनेका उनले बताए । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको एक सय पाँच मिटर लामो पर्खालसमेत निर्माण गरिएको छ । 

‘हामीले जडिबुटी खेतीको पनि परीक्षण गरिसक्यौँ’, वडाध्यक्ष छन्त्यालले भने, ‘परीक्षण सफल भयो, अब हामीले गुर्जालाई देशैभरिका अध्ययेताका लागि लक्षित गरी जडीबुटी अध्ययन केन्द्र बनाउने तयारी गरेका छौँ ।’ उनका अनुसार यहाँ अतिस, विषमा, खिरौला, विषजरा, पदमचाल, अमलवेद लगायतका दुई दर्जन बढी प्रजातिका जडीबुटीको खेती सुरु गरिएको छ ।

डिभिजन वन कार्यालयले गत आर्थिक वर्ष २०७९-८० मा जडीबुटी खेतीका लागि रु चार लाख ८० हजार सहयोग गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए। ‘उपभोक्ताले कूल लागतको १० प्रतिशत लागत साझेदारी गरेका छन्’, उनले भने ‘प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत कार्यालयले सहयोग गरेको हो ।’ यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेती विस्तार गरिएको हो ।

बाँझो खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको जडीबुटी खेती समूहका अध्यक्ष तुलसी छन्त्यालले जानकारी दिए । ‘यसअघि गरिएको खेती सफल भयो, यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ’, उनले भने, ‘बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।’

विसं २०७७ मा सात हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपिएका थिए । विसं २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आवद्ध किसानले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।

समुद्री सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।

यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रूपमा अतिस प्रयोग हुन्छ । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : ३६ बजे

बेनी–मल्लाज सडक स्तरोन्नति

म्याग्दी– पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँच वटा वडालाई म्याग्दीको

आज ललितपुरका यी स्थानमा काटिँदै छ बिजुली

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली

पाँच महिनामा विदेश अध्ययनमा नेपालीले गरे ४७ अर्ब ३४ करोड खर्च

काठमाडौं – देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहेको

अमेरिकी डलर बढ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

डिलालाको सनसनीपूर्ण ह्याट्रिकमा म्यानचेस्टरको जित

लन्डन – अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इङ्गलिस