कम्युनिष्ट पार्टीबीच एकता आवश्यक | Khabarhub Khabarhub

कम्युनिष्ट पार्टीबीच एकता आवश्यक


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् ।

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताए । 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेकामा उनको जोड थियो ।’कम्युनिष्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छौँ’, उनले भने, ‘कम्युनिष्टको मुख्य लक्ष्य समाजवाद हो, समाजवादमा पुग्ने आधारमा मानेर कमसेकम एक ठाउँमा बस्ने, सहकार्य गर्ने र चुनावमा कार्यगत एकता गर्नुपर्दछ ।’ 

उनले कम्युनिष्ट फुटेर विभाजित भएर मात्र कमजोर भएको बताए । उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको नीति एमालेसँग मिल्ने भएकाले एकता गरी गाभ्नुपर्ने बताए ।  

‘आजसम्म माधवकुमार नेपालको पार्टी समाजवादी पार्टी नै हो, उक्त पार्टीको नीति हाम्रो पार्टीको नीति नै हो, हाम्रो नीतिबाहेक अर्को नीति छैन, व्यक्ति र पार्टीको नाममात्र फरक हो’, उनले भने ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ३ : ४६ बजे

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका

घाइते छाडा चौपायाको उद्धारमा विष्णु

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय