अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिइन् « Khabarhub

अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिइन्


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


53.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । 

हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन । 

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत आफूले बिहे गरेको जानकारी गराएकी हुन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः 

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण  घर परिवार, आफन्त तथा छर छिमेकीहरू, मेरा चलचित्रकर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरू, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरूको यतीका वर्ष देखीको  एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न  ‘आज तेसै प्रश्नको जवाफ दिन गई रहेको छु । 

तपाईँहरूको निरूता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहजुर सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु  । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै  माया ।’

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : ०१ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति