अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिइन् « Khabarhub

अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिइन्


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


53.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री निरूता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । 

हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन । 

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत आफूले बिहे गरेको जानकारी गराएकी हुन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः 

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण  घर परिवार, आफन्त तथा छर छिमेकीहरू, मेरा चलचित्रकर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरू, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरूको यतीका वर्ष देखीको  एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न  ‘आज तेसै प्रश्नको जवाफ दिन गई रहेको छु । 

तपाईँहरूको निरूता सिंहले गत बिहिबारका दिन मुम्बई निवासी सञ्जीव गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहजुर सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु  । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै  माया ।’

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : ०१ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी