सैन्य कारवाहीमा आठ जना आतङ्कवादी मारिए | Khabarhub Khabarhub

सैन्य कारवाहीमा आठ जना आतङ्कवादी मारिए


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादविरुद्ध बलुचिस्तान प्रान्तमा गरेको कारबाहीमा आठ जना आतङ्कवादी मारिएका छन् । सुरक्षा बलले शुक्रबार वासुक जिल्लामा गरेको उक्त कारबाहीमा ती अतिवादी मारिएका पाकिस्तानको प्रतिआतङ्कवाद विभागले जनाएको छ । 

वासुकका बसिमामा रहेको एक घरमा छापा मारेर गरिउको कारवाहीमा पाँच जना मारिएका तथा तीन जना भाग्न सफल भएका थिए । क्वेटामा गरिएको अर्को कारवाहीमा अन्य तीन जनाको मृत्यु भएको हो । दुवै कारवाहीस्थलबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरिएको छ । 

केही दिनअघि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा खटिएका चिनियाँ कामदारमाथि आक्रमण गर्ने दुई जना आक्रमणकारीलाई सुरक्षाफौजले मारेको थियो । साउथ एशिया टेरोरिजम पोर्टलका अनुसार पाकिस्तानमा १२ वटा आन्तरिक र ३६ वटा बाह्य आतङ्वादी-अतिवादी सङ्घसंगठन सक्रिय छन् । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : ५१ बजे

आइबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइबार सन्

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइतबार तदनुसार

आज २०८१ साल असोज २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइतबार तदनुसार

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’