सैन्य कारवाहीमा आठ जना आतङ्कवादी मारिए « Khabarhub

सैन्य कारवाहीमा आठ जना आतङ्कवादी मारिए


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादविरुद्ध बलुचिस्तान प्रान्तमा गरेको कारबाहीमा आठ जना आतङ्कवादी मारिएका छन् । सुरक्षा बलले शुक्रबार वासुक जिल्लामा गरेको उक्त कारबाहीमा ती अतिवादी मारिएका पाकिस्तानको प्रतिआतङ्कवाद विभागले जनाएको छ । 

वासुकका बसिमामा रहेको एक घरमा छापा मारेर गरिउको कारवाहीमा पाँच जना मारिएका तथा तीन जना भाग्न सफल भएका थिए । क्वेटामा गरिएको अर्को कारवाहीमा अन्य तीन जनाको मृत्यु भएको हो । दुवै कारवाहीस्थलबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरिएको छ । 

केही दिनअघि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा खटिएका चिनियाँ कामदारमाथि आक्रमण गर्ने दुई जना आक्रमणकारीलाई सुरक्षाफौजले मारेको थियो । साउथ एशिया टेरोरिजम पोर्टलका अनुसार पाकिस्तानमा १२ वटा आन्तरिक र ३६ वटा बाह्य आतङ्वादी-अतिवादी सङ्घसंगठन सक्रिय छन् । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : ५१ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति