‘आशिकी ३’ मा कार्तिकसँग जोडी बाँध्दैछिन् अभिनेत्री आकांक्षा  « Khabarhub

‘आशिकी ३’ मा कार्तिकसँग जोडी बाँध्दैछिन् अभिनेत्री आकांक्षा 


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘आशिकी ३’ को घोषणा भएदेखि नै निर्माता फिल्मका लागि मुख्य अभिनेत्रीको खोजीमा छन् । यसैबीच यो फिल्मका लागि अभिनेता कार्तिक आर्यनको अपोजिटमा साउथ अभिनेत्री आकांक्षा शर्माले अनस्क्रिन रोमान्स गर्ने भएकी छन् ।

रिपोर्ट अनुसार ‘आशिकी ३’ का निर्माताले कार्तिकको अपोजिटमा आकांक्षालाई कास्ट गर्ने निर्णय गरेका छन् । विवरण अनुसार आकांक्षाले यस विषयमा धेरै पटक निर्मातासँग भेट गरिसकेकी छिन् । सबै कुरा ठीकठाक भए ‘आशिकी ३’मा उनले कार्तिक आर्यनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

आकांक्षा कन्नड फिल्म उद्योगकी अभिनेत्री तथा मोडल हुन् । उनले आफ्नो करिअर सन् २०२० मा रिलिज भएको कन्नड फिल्म ‘त्रिविक्रम’बाट थालेकी थिइन् । 

यसबाहेक उनले टाइगर श्राफसँग म्युजिक भिडियो ‘डिस्को ८२’ मा काम गरेकी छिन् । आकांक्षाले महेश बाबु, वरुण धवन र कार्तीकजस्ता कलाकारसँग पनि विज्ञापन सुट गरिसकेकी छिन् । आशिकी ३ को छायांकन सन् २०२४ मा हुने जनाइएको छ । –एएनआई

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : ४६ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी