चन्द्रयानद्वारा चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड  | Khabarhub Khabarhub

चन्द्रयानद्वारा चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड 


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको छ । 

चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ ।

इसरोले आफ्नो एक्स अकाउन्टमार्फत उक्त जानकारी दिएको हो । जस अनुसार विक्रम ल्याण्डरमा यस्ता उपकरण लगाइएको छ जसले सतहमा हुने कम्पनका गतिविधि रेकर्ड गर्न सक्दछ । 

तिनै उपकरणले बिहीबार चन्द्रमाको सतहमा भूकम्पीय गतिविधि पत्ता लगाएका हुन् । वास्तवमा उक्त उपकरणले प्रज्ञान रोभर तथा अन्य पेलोड्समा भएका गतिविधिहरू रेकर्ड गरिरहेको छ ।

इसरोले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ– चन्द्रमामा भूकम्पीय गतिविधि पत्ता लगाउनका लागि पठाइएको पहिलो माइक्रो इलेक्ट्रोमेकानिकल सिस्टममा आधारित उपकरण Instrument for the Lunar Seismic Activity  (ILSA) ले चन्द्रमाको सतहमा रोभर तथा अन्य पेलोडको कम्पन रेकर्ड गरेको छ ।

सो उपकरणले गत अगष्ट २६ मा सो घटना रेकर्ड गरेको हो, जुन स्वभाविक प्रतीत हुन्छ । यद्यपि इसरोले सो कम्पनको श्रोतको जाँच गरिरहेको जनाएको छ । इसरोका अनुसार (ILSA) को उद्देश्य प्राकृतिक भूकम्प, त्यसको प्रभाव तथा कृत्रिम घटनाहरूका कारण सतहमा हुने कम्पनको मापन गर्नु हो ।  – एएनआई

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : १२ बजे

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय