चन्द्रयानद्वारा चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड  « Khabarhub

चन्द्रयानद्वारा चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड 


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको छ । 

चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ ।

इसरोले आफ्नो एक्स अकाउन्टमार्फत उक्त जानकारी दिएको हो । जस अनुसार विक्रम ल्याण्डरमा यस्ता उपकरण लगाइएको छ जसले सतहमा हुने कम्पनका गतिविधि रेकर्ड गर्न सक्दछ । 

तिनै उपकरणले बिहीबार चन्द्रमाको सतहमा भूकम्पीय गतिविधि पत्ता लगाएका हुन् । वास्तवमा उक्त उपकरणले प्रज्ञान रोभर तथा अन्य पेलोड्समा भएका गतिविधिहरू रेकर्ड गरिरहेको छ ।

इसरोले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ– चन्द्रमामा भूकम्पीय गतिविधि पत्ता लगाउनका लागि पठाइएको पहिलो माइक्रो इलेक्ट्रोमेकानिकल सिस्टममा आधारित उपकरण Instrument for the Lunar Seismic Activity  (ILSA) ले चन्द्रमाको सतहमा रोभर तथा अन्य पेलोडको कम्पन रेकर्ड गरेको छ ।

सो उपकरणले गत अगष्ट २६ मा सो घटना रेकर्ड गरेको हो, जुन स्वभाविक प्रतीत हुन्छ । यद्यपि इसरोले सो कम्पनको श्रोतको जाँच गरिरहेको जनाएको छ । इसरोका अनुसार (ILSA) को उद्देश्य प्राकृतिक भूकम्प, त्यसको प्रभाव तथा कृत्रिम घटनाहरूका कारण सतहमा हुने कम्पनको मापन गर्नु हो ।  – एएनआई

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : १२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी