भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य « Khabarhub

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिया कप क्रिकेटमा भारतले पाकिस्तान सामु २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४८.५ ओभरमा अल आउट हुँदै २६६ रन बनायो ।

भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ८७ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ईशान किशनले ८२ रनबनाए। खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन किशन र पान्ड्याले पाँचौं विकेटका लागि १ सय ४१ बलमा १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गरे ।

भारतका ओपनर रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनको योगदान गरे । प्रमुख चार ब्याटरलाई सुरुवातमै गुमाएको थियो ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।  त्यस्तै नसिम शाह र हरिस रौफले तीन/तीन विकेट लिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : १० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी