संविधानमाथि नै खतरा छ : सिटौला « Khabarhub

संविधानमाथि नै खतरा छ : सिटौला


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – नेपाली कांग्रेसका नेता एवं नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेता, कार्यक्रताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा रहेको बताएका छन् ।

आज जनकपुरधाममा संवाद केन्द्रद्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा विभिन्न प्रदेशमा गरिएको छलफल र भेलामा स्थानीय नेताहरूको मत बुझ्दा आफ्नै पार्टीका जनप्रतिनिधिसमेत संविधान कार्यान्वयन गर्न नचाहेको सहितका गुनासो सुनिएकाले आफूलाई चिन्ता लागेको उनले बताए ।

नेता सिटौलाले अहिलेसम्म ती प्रदेशमा भएको कार्यक्रममा आएका गुनासो र तर्कका आधारमा संविधानप्रति जनताको वितृष्णा फैलिँदै गएको बताए । संविधान कार्यान्वयनका लागि बन्नुपर्ने मुख्य कानुनसमेत बन्न नसक्दा प्रदेश सरकार अधिकारविहीन भएर काम गर्न नसकेपछि निरीहजस्तै हुँदा जनतामा प्रदेश सरकारमात्र नभई संविधान नै उचित नरहेको भ्रम पर्न थालेकामा उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले संविधान निर्माण र घोषणाको नेतृत्व पार्टीले गरेको र मस्यौदाको संयोजकको जिम्मेवारीसमेत सम्हालेको हैसियतले संविधान बचाउने पहिलो दायित्व सिटौलाको भएकाले त्यसका लागि अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा मधेससहित देशभरिकै पार्टीका जिल्ला सभापति, सङ्घीय र प्रदेशसभा सदस्य, नेविसङ्घ, महिला सङ्घका जिल्ला तथा प्रदेशका अगुवाको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : ५६ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा