एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदै « Khabarhub

एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदै


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदैछ । पोखरा अमरसिंह चोकमा हुने अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि ओली जहाजमार्फत पोखरा जाँदैछन् ।

गण्डकी अधिवेशनलाई ‘मिसन ग्रासरुट’ पछिको सबैभन्दा ठूलो अभियान र शक्ति प्रदर्शनको अवसर बनाउने योजनासहित एमालेले जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू पोखरा ल्याउन लागेको हो। 

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि सहभागि छन् । प्रदेशमा वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले दाबी गर्दै आएका छन् ।

अधिवेशनले एक अध्यक्ष,  दुई उपाध्यक्ष, सचिव एक र दुई उपसचिवसहित १३५ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन गर्नेछ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १० : १३ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी