चीनले सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोज्यो : अमेरिका | Khabarhub Khabarhub

चीनले सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोज्यो : अमेरिका


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाले चीनमाथि सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको छ । अमेरिकाको विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनले सामाजिक सञ्जाल प्रयोगकर्ताको डेटा सञ्चिती गर्ने गरेको, सेन्सरसिप र गोप्य रुपमा विदेशी सञ्चारगृह खरिद गरी सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनको यस्तो गतिविधिका कारण विश्वभर अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर गिरावट देखिएको छ । अमेरिकी विदेश मन्त्रालयले सूचनालाई प्रभावित बनाउनका लागि चीनले हरेक वर्ष अर्बौँ डलर खर्च गर्ने गरेको समेत जनाएको छ ।

चीन र अमेरिकाबीच भूराजनीतिक द्वन्द्व बढ्दै जाँदा अमेरिकी विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।

चीनले विश्वमा रहेको आफ्नो नकारात्मक छविलाई सुधार गर्नका लागि मिडिया र सञ्चारमाध्यमको प्रयोगलाई बढावा दिइरहेको अवस्थामा अमेरिकी विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ३ : ४६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस