नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जना पक्राउ « Khabarhub

नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जना पक्राउ


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. १ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।

उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई कामपा–१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।

उनीहरूलाई थप अनुसन्धान तथा  कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १ : १७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल