एकीकृत विकास कार्ययोजना बनाउँदै काभ्रेपलाञ्चोकका चार स्थानीय तह | Khabarhub Khabarhub

एकीकृत विकास कार्ययोजना बनाउँदै काभ्रेपलाञ्चोकका चार स्थानीय तह


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका चार स्थानीय तहले पूर्वाधार विकासलगायत प्रकोप समाधानका लागि संयुक्तरुपमा ‘एकीकृत विकास’ कार्ययोजना बनाउने निर्णय गरेका छन् । 

जिल्लाको बेथानचोक, खानीखोला, महाभारत र रोशी गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित अन्तरपालिका बैठकले आफ्नो क्षेत्रको विकासका लागि एकजुट हुने प्रतिबद्धता जनाएका हुन् । 

जिल्लाको दक्षिणी भेगमा अवस्थित यी गाउँपालिकामा भौगोलिक अवस्था मिल्दोजुल्दो रहेकाले सडक, पुल, सिँचाइ तथा भवनलगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना कार्यान्वयन गर्दा अन्तरपालिकाबीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रूपमा बजेट विनियोजन गर्न एकीकृत कार्ययोजना निर्माण गरी प्रदेश र सङ्घीय सरकारमा एकैसाथ जाने बैठकले निर्णय गरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।

‘चार गाउँपालिकाद्वारा योजना बनाएर बजेट विनियोजन गराउन एकीकृत कार्ययोजनाले अर्थपूर्ण दबाब पुग्नेछ’, उनले भने । जिम्बाका अनुसार प्राकृतिक स्रोतसाधन, सामाजिक–भौगोलिक बनोटका आधारमा एक अर्कासँग जोडिएका गाउँपालिकाबीच विकास निर्माणमा समन्वय गर्न बैठकको आयोजना गरिएको हो । 

अन्तरपालिका विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको अनुभव आदानप्रदान गर्न अन्तर्पालिका बैठक आवधिक रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय भएको जिम्बाले बताए । चारै पालिकाका नागरिकको आयस्तरमा वृद्धि गरी समृद्ध पालिका निर्माण गर्न पर्यटकीय गन्तव्य पहिचान र संरक्षण गरी एकीकृत पर्यटन पूर्वाधार विकास गर्ने, महाभारत ट्रेल (पर्यटन पदमार्ग), नारायणस्थान, तिनतले झरना, शिव पार्वती गुफा, कपेर महाकाल, तिलेश्वर पर्यटन क्षेत्र, तारखसे लेक, घ्याङलेक, चैतेपानी तथा भूमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्ने निर्णय भएको उनको भनाइ थियो ।

बैठकले चार गाउँपालिका समेट्ने जनमुक्ति मार्ग निर्माण गर्न संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, सम्भावित प्राकृतिक-गैर प्राकृतिक, मानव स्वास्थ्य तथा पशुजन्य विपद्लगायतका प्रकोपको पहिचान तथा घटनाको न्यूनीकरण, विकासका साझा योजना तथा कार्यक्रम पहिचान गरी प्रभावकारी कार्यान्वयन, उपलब्ध प्राकृतिक स्रोतको पहिचान गरी आपसी सहकार्यमा जोड दिनेलगायत नौ बुँदे सहमति भएको अध्यक्ष जिम्बाले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १ : ५५ बजे

सम्पत्ति शुद्धीकरणमा ‘ग्रे लिस्ट’ मा पर्नु अघिल्लो सरकारको कमजोरी : ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

काठमडौं- श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना

सांसदले भने – सार्वजनिक ऋण २६ अर्ब नाघ्यो, राजस्वले साधारण खर्चसमेत धानेन

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,