काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग « Khabarhub

काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज सूचना प्रकाशित गरी महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि २१ सुपरीवेक्षक र २०९ गणक गरी २३० जना कर्मचारी माग गरेको हो ।

महानगरले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई पुस ६ गतेसम्म महानगरपालिकाको वेब साइट मार्फत दरखास्त दिन सकिने जनाएको छ । दरखास्तका लागि कुनै शुल्क नलाग्ने पनि महानगरले उल्लेख गरेको छ । करार अवधि पाँच महिनाको हुनेछ ।

महानगरले महानगरपालिकाको बासिन्दा, सोही प्रकृतिको जनगणना वा विभिन्न सर्वेक्षणमा कम्तीमा १ महिनाभन्दा बढी अवधि काम गरेको तथा विगतमा यही कार्यक्रमबाट छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिने भनेको छ ।

सुपरीवेक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्यांक शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।

यस्तै गणकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्यांक शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी ज्ञान भएको हुने पर्ने छ ।

सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रुपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। यस्तै, गणकले मासिक  ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक र २ हजार रुपैयाँ इन्टरनेट खर्च पाउने छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ०५ बजे

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर