नेताहरूले उग्र महत्त्वकांक्षा नत्यागेसम्म पार्टी परिवर्तन हुँदैन : शेखर कोइराला | Khabarhub Khabarhub

नेताहरूले उग्र महत्त्वकांक्षा नत्यागेसम्म पार्टी परिवर्तन हुँदैन : शेखर कोइराला


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरूले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे सम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिवर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए।

युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धराशायी हुने कोइरालाको भनाई थियो । ‘दैनिक लस्कर लागेर युवा विदेशिएकामा हामी कसैलाई चिन्ता छैन । केवल स्वार्थ केन्द्रित राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ’ कोइरालाले भने ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले अब कुनैपनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए । कोइरालाले कांग्रेस एक ढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ४२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः