नेताहरूले उग्र महत्त्वकांक्षा नत्यागेसम्म पार्टी परिवर्तन हुँदैन : शेखर कोइराला « Khabarhub

नेताहरूले उग्र महत्त्वकांक्षा नत्यागेसम्म पार्टी परिवर्तन हुँदैन : शेखर कोइराला


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरूले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे सम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिवर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए।

युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धराशायी हुने कोइरालाको भनाई थियो । ‘दैनिक लस्कर लागेर युवा विदेशिएकामा हामी कसैलाई चिन्ता छैन । केवल स्वार्थ केन्द्रित राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ’ कोइरालाले भने ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले अब कुनैपनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए । कोइरालाले कांग्रेस एक ढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ४२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी