प्रचण्डको सरकारमा जानेको अन्तिम परीक्षा हो | Khabarhub Khabarhub

प्रचण्डको सरकारमा जानेको अन्तिम परीक्षा हो

‘देशको विकास गर्न कुनै गठबन्धनको आवश्यकता पर्दैन’


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रत्येक नयाँ सरकार बन्दै गर्दा जनताको आकांक्षा हुन्छ, अबकोसरकारले देश र जनताको लागि राम्रो काम गर्छ । तर धेरैपटक नयाँ सरकार आएपनि पुरानै पारा र प्रवृत्ति देखाउने समस्या छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनताको अपेक्षा र राष्ट्रको समस्या अनुरूप काम गर्न सक्ला त ? यसै विषयमा आधारित रहेर लेखक तथा विश्लेषक केशव दाहालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

यो नयाँ सरकारले जनताको अपेक्षा र राष्ट्रको समस्या अनुरूप काम गर्न सक्ला त ?
नयाँ सरकारमा नयाँ जोस जाँगर उत्प्रेरणा देखिनु स्वाभाविक छ । तर यो भित्रको गम्भीरता अर्को कुरा हो । अहिले सरकारमा फरक फरक पार्टीहरू छन् । फरक मुद्दा र एजेन्डा भएका दलहरू छन् । त्यसैले सबैलाई मिलाएर चित्त बुझाएर लैजानु पर्दछ । पटक–पटक अनेक बाचाहरू गरेर पुरा नगर्दा अब मान्छेले पत्याउन छोडे । अब नयाँ गर्ने कि त्यस्तै गर्ने भनेर दलहरूले परीक्षा दिँदै छन् त्यसमा पास हुने हो भने नयाँ र राम्रो काम गर्नु पर्दछ ।

सरकारको अहिलेको प्राथमिकता आफ्नो सुरक्षा मात्रै हो ?
अब प्रचण्डले संख्याको दुख नमानेर म केही गर्छु भनेर लाग्नु भयो भने दुख हैन, उन्मुक्तितिर लाग्नु हुन्छ । पटक पटक आन्दोलनमा नारा लगाइयो । तर सरकार बनाए पछि सबै मुद्दा छुटे त्यसलाई अब म पुरा गर्छु भनेर लाग्नु भयो भने राम्रो हो । संख्या हेरेर अर्को भन्नु भयो भने जीवन भएर दुख हुन्छ ।

अहिले सरकारले प्राथमिकतामा के–के राख्नु पर्ला ?
हाम्रा धेरै सपनाहरू छन् । ती पुरा गर्नु पर्दछ । तर मुख्यतया राजनीतिक काम यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएपछि दोस्रो निर्वाचनले प्राप्त गरेको सरकार हो । नेताहरूले पहिला जे दिन सकेनन्, त्यसैले यो सरकारले त्यो संघीय लोकतान्त्रीकरण गणतन्त्र छ यो महत्वपूर्ण छ भनेर राजनीतिक रूपमा यो सन्देश दिनु पर्याे । जनताले सजिलोसँग सुविधा प्राप्त गर्न सकून् । सुशासन यो देशमा कायम छ । भ्रष्टाचार छैन भन्ने बनाउनु पर्याे । गरिब धेरै भएको कमजोर मान्छे भएको ठाउँमा सामाजिक सुरक्षा, सजिलोसँग शिक्षा, स्वास्थ्य, गाँस बास कपास र यातायातको सुविधा पाउन समस्या छ । उद्यमी गर्न चाहने मान्छेलाई समाधान दिने तरलताको अभावलाई सरल गराउने र सम्पूर्ण मान्छेहरूले अबको ५ वर्षमा यो सरकारले केही गर्न सक्ला है भन्ने बनाउनु पर्याे ।

राप्रपाले अहिले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भनेको छ, यसको सन्देश के हो ?
उहाँहरू भर्खर आउनु भएको छ, उहाँहरूलाई हौसला दिनु पर्दछ । उहाँहरूसँग भ्रष्टाचार गरेको अनुभव छैन । त्यसैले राम्रो काम होला । यो संविधानको स्वामित्व बनाउने व्यक्ति अहिले सरकारमा छ । त्यसैले सरकारमा गएका व्यक्तिलाई हामी यो तपाईँको अन्तिम परीक्षा हो भनेर सम्झाउनु पर्दछ ।

के गर्दा यी राजनीतिक दलहरू सच्चिन सक्लान् ?
प्रजातान्त्रिक हो भने उहाँहरूको जीवनमा त्यो देखाउन सक्नु पर्याे । नेपालमा राम्रा स्कुल ल्याउनु पर्दछ भनेर लाग्ने हो भने गठबन्धन गर्नु आवश्यक छैन । सामान्य रूपमा नै गर्न सकिन्छ । अहिले भन्दा डबल रोजगारी दिलाउन उद्योग धन्दाको विकासमा लाग्न कुनै गठबन्धनको आवश्यकता छैन । यो सरकारलाई केहिले छेक्न सक्दैन । उद्धार भावका साथ लाग्नु पर्याे ।

प्रधानमन्त्रीको सचिवालय कस्तो होला ?
अहिले उहाँहरू जुन ठाउँमा हुनु हुन्छ । त्यहाँ सुरुदेखि अन्तिम दिनसम्म सच्चिने खालका कामहरू गर्नतर्फ लाग्नुपर्छ ।

के–के कुरामा सच्चिनुपर्ला ?
म जनताको सेवक हु भन्ने हो भने जहाँ पनि विकास गर्न सक्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १२ : ४७ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको