संरक्षणको पर्खाइमा ‘समपोखरा’ ताल « Khabarhub

संरक्षणको पर्खाइमा ‘समपोखरा’ ताल


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बलेवा– गलकोट नगरपालिका-३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साँघुरिदै जान थालेको छ । तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनि आउने बाढीले ताल पुरिँदै गएको छ । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा  छ ।

समुन्द्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको ताल संरक्षण गर्नुपर्नेमा स्थानीयवासी जयबहादुर दर्जीले जोड दिए। ‘चौपायले पानी खाने ताल हो, पहिले निकै गहिरो थियो, अहिले माटो भरिएको छ’, उनले भने, ‘ताल नजोगाए पानीका मुहान सुकेर जान्छन् ।’ जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचरको बसोबास छ ।

तालभन्दा केही तल रहेको पानीको मुहानबाट ओख्रेनी खोला बग्ने गरेको छ । उक्त खोलाको पानी नै हटिया बजार र आसपासका गाउँलेले प्रयोग गर्दै आएका छन् । ‘केही वर्षअघि ताल सफा गर्दा तलको मुहान सुक्यो पनि पछि पानी भरिएपछि फेरि खोला बगेको थियो’, दर्जी भन्छन्, ‘यो ताल मास्न हुँदैन, जोगाएर राखे सबैलाई बचाउँछ ।’

समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो यही ताल भएको त्यहाँका अध्यक्ष फमबहादुर खत्री बताउँछन् । ‘आजसम्म संरक्षणमा कसैले पनि चासो दिएको पाइएन, अब हामी संरक्षण र प्रचार-प्रसार गर्छौँ।  तालको प्राकृतिक अवस्था नबिग्रिने गरी क्षेत्रफल विस्तार र संरक्षणका लागि संरचना तयार गर्ने योजना छ’, उनले भने । 

‘हिजोआज कृत्रिम ताल हेर्न पर्यटक खचाखच हुन्छन्, हामीसँग प्रकृतिको उपहार छ’, वडाध्यक्ष खत्री जोड दिनुहुन्छ,  ‘घुम्न र हेर्न मिल्ने बनाउँछौँ, प्रकृतिले दिएको पानी मासिन दिँदैनौँ । हटिया बजारबाट एक घण्टा पैदल र आधा घण्टा सवारीयात्रामा ताल पुग्न सकिन्छ । यो प्राकृतिक ताल हो ।’ ‘यहाँको पानी न कहिल्यै घटेको देखिन्छ न भरिएर बाहिर जान्छ’, स्थानीय सन्तबहादुर खत्रीले भने, ‘तालभित्रैबाट पानी आउँछ, त्यहीँ हराउँछ, बाहिर पानीको स्रोत छैन । यहाँ देशमा जनयुद्ध  हुनुपूर्व चैतेदशैँमा ठूलो मेला लाग्ने गरेको थियो । द्वन्द्वको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न सकिएको छैन ।’

तालको उत्तरपट्टि भट्ट बबाको मन्दिर छ । आसपासका गाउँका युवायुवतीका लागि वनभोजस्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके पर्यटक भित्र्याउन सकिने वडाध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  २ : ५४ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको