महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द « Khabarhub

महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेको शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले बताए ।

उनका अनुसार जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मनरासिस्वा नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, भङ्गहा नगरपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र पिपरा गाउँपालिकाले आफ्ना सबै सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

अविरलरूपमा बहिरहेको चिसो स्याँठ र तप तप गर्दै चारैतिर शीतवर्षा भइरहेका कारण असहनीय जाडो भएपछि दशवटै पालिकाले आउँदो एक साताका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । साथै केही पालिकाले मौसममा सुधार नआएमा पुनः बिदा थप गर्नेसमेत जनाएका छन् ।

मौसममा अचानक आएको परिवर्तनपछि जिल्लाका १५ पालिकामध्ये १० पालिकाले बालबालिकाको जीउ, ज्यान तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आजैदेखि लागु हुने गरी सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेका छन् भने अन्य पालिकाले पनि आ आफ्ना नगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिरहेको बुझिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख सुवेदीका अनुसार महोत्तरी जिल्लाको १५ वटा पालिकामा जम्मा तीन सय २३ वटा सामुदायिक विद्यालय छन् भने अहिले अचानक जिल्लामा सुरु भएको शीतलहरका कारण करिब दुई सय विद्यालयमा अचानक पठनपाठन बन्द गरिएको हो ।

उहाँले जिल्लाका विद्यालयले वर्षे तथा बाँकी रहेको बिदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययनरत बालबालिकालाई हुनसक्ने क्षति तथा दैवी प्रकोपलाई मध्यनजर गर्दै तत्काललाई विद्यालय बन्द गरेको जानकारी दिए। जिल्लाको पाँच वटा पालिकाका विद्यालयमा अझै पनि नियमित पठन पाठन जारी रहेको उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ०३ बजे

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा