कोरोना सङ्क्रमणको तथ्याङ्क नलुकाउन चीनलाई डब्ल्यूएचओको आग्रह « Khabarhub

कोरोना सङ्क्रमणको तथ्याङ्क नलुकाउन चीनलाई डब्ल्यूएचओको आग्रह


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमणको अवस्थाबारे वास्तविक सूचना दिन आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई कोरोना सङ्क्रमण र महामारीबारे तथ्याङ्क नलुकाउन आग्रह गरेका हुन् ।

डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कोरोना रोकथामका लागि अपनाइएका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले कोरोना महामारी ह्वात्तै बढेको छ । चीनमा कोरोना सङ्क्रमणका घटना बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षण अनिवार्य गरिसकेका छन् ।

कोरोनाको तीन वर्ष बित्दा पनि विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट छ ।

डब्लूएचओका प्रमुख गेब्रेयससले चीनसँग कोरोना सङ्क्रमणको तथ्याङ्क बारम्बार माग गरिएको समेत जानकारी दिए । कोरोना महामारीको थप जोखिम अध्ययनका लागि पर्याप्त सूचना आवश्यक पर्ने भएकाले चीनसँग तथ्याङ्क माग गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : १९ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा