सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने जसपाको निर्णय « Khabarhub

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने जसपाको निर्णय


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

जसपाको आज यहाँ सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो । जसपाका प्रवक्ता मनिस सुमनका अनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ ।

बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन्।

त्यसैगरी बैठकले निर्वाचनमा अन्तर्घात गर्ने सङ्घीय परिषद् र केन्द्रीय सदस्यबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने राजनीतिक समितिले निर्णय गरेको छ ।

यस्तै विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको छ । उक्त समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापामगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेको प्रवक्ता सुमनले जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : १८ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व