काठमाडौँ : नेपाली राजनीति यतिबेला फरक दृश्यका साथ अगाडि बढिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि गृहमन्त्री खोजेको छ भने एमालेले राष्ट्रपति पदको माग गर्दै आएको छ । राष्ट्रपति पदमा माओवादीको समर्थन खोजेर कांग्रेस अहिलेको गठबन्धन भत्काउन खोजिरहेको छ । तर गठबन्धन जोगाउन एमाले स्वतन्त्र पार्टीलाई फकाउन लागि परेको छ । यसले अबका केही दिनमा कस्तो राजनीतिक मोड लिन सक्ला ? यसै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डाक्टर केपी शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः
राजनीतिमा अहिले भइरहेको खेलले कस्तो अवस्था ल्याउन सक्छ ? सरकार बनेको समयमा प्रचण्डले आवेगमा निर्णय गरेका थिए । पुरानो गठबन्धन थियो । चुनाव भन्दा अगाडि त्यो गठबन्धनलाई ब्युँताउने एमालेसँगको गठबन्धन छ । त्यसलाई विग्रह गर्ने र नयाँ सिद्धान्तबाट फेरि गठबन्धनमा जोडिएर आफ्नै नेतृत्वमा सरकार बनाउने सोचमा प्रचण्ड पुग्नु भएको जस्तो लाग्छ । एमालेलाई गलाउने सोचमा पनि प्रचण्ड पुगेको अवस्था रहेको छ । पहिलो प्रधानमन्त्री कालमा पनि झड्का त लागि सकेको अवस्था रहेको छ । प्रधानमन्त्री बनेर पनि प्रचण्डको हालत नाजुक अवस्थामा जान सक्छ । पुष्पकमल दाहालमा आफू मात्र सही र चतुर नेता भन्ने सोच हावी छ ।
केपी ओली रवि लामिछानेलाई फकार्उन हरसम्भव प्रयास गरिरहेका छन् । रवि पनि यसका लागि बालकोट र बालुवाटार धाइरहेका छन् । यसले सत्ता गठबन्धन जोगिएला र ? यसका लागि एउटा कानुनी पाटो छ, अर्को राजनीतिक पाटो छ । जसमा केपी ओली र प्रचण्डको एक उद्देश्य मिल्छ । नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र पार्टी नै आपसमा मिलेर गएको छ । जसमा रवि लामिछाने अरु सबैमा भारी परिरहेका छन् । भविष्यमा राजनीतिमा यो पाटीले ठूला पार्टीहरूलाई पाखा लगाउन सक्ने सम्भावना रहेको छ । राजनीतिबाट ठूला पार्टीहरूको अनुगमन गर्न सक्ने सम्भावना रहेको छ । यो अन्य पार्टीले महसुस गरेको हुनु पर्छ । रविलाई कमजोर बनाउने दाउपेज त यो सरकारमा भइरहेको अवस्था छ । त्यो कुन प्रकियामा गएर गर्ने भन्ने आ–आफ्नो सोच विचार राखेको अवश्य छ । केपी ओलीले गरेको प्रयास भनेको रविलाई अहिले सहयोग गर्दा आफूलाई पछिको अवस्थामा सहज हुने बाटो रोजेको अवस्था रहेको छ । अहिलेको समीकरण पनि केपी ओली बचाउन चाहन्छन् । प्रचण्ड भने सत्ता हत्याउन व्यस्त भएको अवस्था छ ।
प्रचण्ड पटक पटक अरु दल तथा नेताकै सहारामा प्रधानमन्त्री बन्दा के फाइदा हुन्छ ? यो व्यक्तिगत रुपमा प्रचण्डलाई नै फाइदा छ । पार्टीगत रुपमा भने बेफाइदा छ । जनतालाई पनि फाइदा हुने भन्ने म देख्दिन । युद्धबाट आएको मान्छे हो । एक किसिमको दम छ, जुन दम भएको कारण आफूलाई केन्द्रमा राख्न चाहनु हुन्छ र अहिलेसम्म सफल भएको पनि छ । यस खालको मुभ गरिरहदा भविष्यमा अफ्ठ्यारो पर्न भने अवस्य सक्छ । जसमा रवि ज्युको समय अनुसारको काडहरु बाहिर निस्कदै जाने छन । राजनीतिमा रवि कच्चा खेलाडी हुन् जस्तो भान भयो मलाई । जुन तयारीमा आउनु भयो, त्यो सकारात्मक पक्ष भने होइन । रविको गलत कार्य भनेको अहिलेको सरकारमा सामेल नहुने रहेको थियो ।
रवि अहिले राम्रै शक्ति आर्जन गरिरहेका छन्, सत्तामा उनका पछिल्ला कदमले शक्तिहीन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? रविको कुरामा धेरै त थाहा छैन । तर जम्मा प्लस टू पास गरेका व्यक्ति रहेछन् । नेतृत्व गर्ने क्षयमा भनेको अलि पढे लेखेका तथा अलि विद्धानको आगमनको बहस त एक कोणबाट चलेको हो । प्लस टू पास गरेको मान्छेले यस्तो देश हाक्छ भन्ने विश्वास ममा छैन । उनले ल्याएका घोषणा पत्रका भिजनहरु म केही पनि देख्दिन । पहिला जति मात्रामा भष्ट्राचार भएका थिए । अहिले पनि त्यसमा कमी भने छैन । रविज्यु पनि राम्रोसँग अगाडि बढ्नु भयो भने पनि धान्न सक्ने अवस्था देखिदैन । कुनै पनि चिजको एक क्षमता रहेको हुन्छ, त्यस भन्दा माथि गएमा जुन सुकै कार्य पनि असफल रहन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएमा कस्तो अवस्था आउँछ ? रवि लामिछाने गृहमन्त्री हुनुहुन्छ भन्ने मलाई लाग्दैन । त्यो सम्भावना नै छैन । जुन नयाँ ढंगबाट नयाँ समीकरणमा गएको छ । रविले सरकारबाट फिर्ता लिनु पर्छ । उहाँहरूको बीचमा नयाँ बन्ने समीकरणमा भित्र कुनै समन्वय भएन भने रवि लामिछानेको मुद्दाहरू अगाडि बढ्ने छन । पछि गएर रवि लामिछानेको पाटीभित्र नै विवाद आउने अवस्था रहेको छ । नेतृत्व असफल भएको खण्डमा रवि लामिछानेको पाटी नै फुट्छ ।
(प्रस्तुति : कुसुम गौतम)