कुवेतका सहायक विदेश मन्त्रीसँग राजदूत भण्डारीको भेट  « Khabarhub

कुवेतका सहायक विदेश मन्त्रीसँग राजदूत भण्डारीको भेट 


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कुवेतको परराष्ट्र मन्त्रालय कन्सुलर मामिलाका लागि कार्यवाहक सहायक विदेश मन्त्री मेसल इब्राहिम अलमुधाफसँग भेट गरेका छन्।

बिहीबार कुवेतको परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको दुईपक्षीय सहयोगात्मक सम्बन्धको अभिवृद्धि गर्ने बारेमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भेटमा विशेषतः कुवेतमा रहेका नेपाली कामदार, स्थानीय रोजगारीको बजारमा नेपालीहरूको माग र सहज पहुँचको व्यवस्था, हित प्रवर्द्धन तथा कन्सुलर सेवा प्रवाह लगायतका विषयमा पनि कुराकानी भएको छ । भेटका अवसरमा नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरूको पनि उपस्थित थियो ।

यसैगरी, राजदूत भण्डारीले नेपाली हातले बुनेको कार्पेट प्रदर्शनीको अवलोकन गर्दै कुवेतमा नेपाली कार्पेट लगायत नेपाली उत्पादनका सामग्रीको प्रवर्द्धनमा दूतावास, कुवेत स्थानीय व्यापारी समुदायलाई सहयोग र सहजीकरण गर्न सदैव तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ४० बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा