सन्दीपविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश « Khabarhub

सन्दीपविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश हरि फुँयालको इजलासले सन्दीपविरुद्ध दर्ता मुद्दाको जाहेरीदेखि उच्च अदालतले धरौटीमा रिहा गर्न दिएको फैसलाको प्रतिवेदनसहितका सबै कागजात झिकाउन आदेश दिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले बिहीबार नाबालिग बलात्कारका आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दर्ता भएको निवेदन फुँयालको इजलासमा परेको थियो ।

उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न गरेको आदेशलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा चुनौती दिएको थियो ।

उच्च अदालतले धरौटीमा छाडेलगत्तै लामिछानेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट संघ (क्यान)ले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : १३ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर