पर्वतका होम-स्टेमा पर्यटकको चहलपहल बढ्दै  « Khabarhub

पर्वतका होम-स्टेमा पर्यटकको चहलपहल बढ्दै 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होम-स्टे (घरबास) मा पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाका गाउँगाउँमा होम-स्टे सञ्चालनमा छन् । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को समयमा ठप्प बनेका अधिकांश होम-स्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी होम–स्टे सेवा दिँदै आएको मोदी गाउँपालिका-८ चित्रेस्थित सामुदायिक होम-स्टेमा आउने पाहुनाको सङ्ख्या दैनिकजसो बढ्दै गएको छ । ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम बढेको होम-स्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताए । 

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होम–स्टेमा आउनेहरु आकर्षित हुने गरेका छन् । अहिले आन्तरिक पर्यटक आउने क्रम कोभिड-१९ भन्दा अघिकै जस्तै हुन थालेको उनले बताए। पोखरा र काठमाडौँबाट समेत  विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको गुरुङले बताउँछन्।

यहाँ वार्षिक तीन हजारभन्दा बढी पर्यटक होम-स्टेमा पुग्ने गरेको तथ्याङ्क छ । ‘कोभिड–१९ का बीचमा पनि हामीले होम-स्टे खुला गरेका थियौँ, अब आन्तरिक मात्र नभएर बाह्य पर्यटक आउने क्रम सुरु भएको छ’, उनले भने, ‘विस्तारै पुरानै लयमा फर्किएको अनुभूति भएको छ ।’

चित्रेको होम-स्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होम-स्टे चलाएरनै दैनिक गुजारा चलाउनेको दैनिकी रहने गरेको भए पनि चित्रेमा होम-स्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन । 

जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होम-स्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ । समितिका अनुसार चित्रेको होम-स्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।

 चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ रहेका कारण पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । होम-स्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होम-स्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए।  

मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताए। गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ सङ्ग्रहालय बनाउने तयारी समेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए। 

उता जिल्लाको कुश्मा नगरपालिका-३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेवास नगरपालिका-२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंखु, विहादी गाउँपालिकाको गेप्ताङबाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । 

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : १५ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ