मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको समूहद्वारा सुपरमार्केटमा गोली प्रहार « Khabarhub

मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको समूहद्वारा सुपरमार्केटमा गोली प्रहार


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।

बन्दुकधारीको समूहले मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोजारियो सहरस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेको जनाइएको छ ।

गोली प्रहार गरेपछि आक्रमणकारीले लिखित सन्देश छाडेका थिए । सोही सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । राजधानी ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ ।

मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा लेखिएको छ, “मेस्सी १ हामी तिमीलाई पर्खिरहेका छौँ, (मेयर) जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन ।”

रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले लागूऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् ।

मेस्सीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्टेन्टाइन राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ ।

मेस्सी हाल फ्रान्सको पेरिस सेन्ट–जर्मेन क्लबबाट फुटबल खेलिरहेका छन् ।धेरै समय उनी विदेशमा नै बिताउँछन् । यद्यपि उनी बेलाबेला रोजारियो पनि जाने गर्छन् ।

फ्युनेसको उपनगरमा उनको घर पनि छ । फ्रान्सेली टोलीले बिहीबार बिहान मेस्सीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले पनि यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् ।

सान्ता फे प्रान्तकी न्यायमन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएकी छिन् । उनले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेखेकी छिन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : २८ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान