पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप | Khabarhub Khabarhub

पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन पिएसजी र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् ।

हकिमीलाई २४ वर्षीया एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए ।

उनी गत वर्ष कतारमा भएको विश्वकपको सेमिफाइनलमा मोरक्कोको ऐतिहासिक यात्राको महत्वपूर्ण खेलाडी रहेका थिए । उनले लामो समय स्पेनको रियल मड्रिडबाट पनि फुटबल खेलेका छन् ।

हकिमी शुक्रबार बिहान पिएसजीको प्रशिक्षणमा देखिएका थिए । एएफपीसँगको सम्पर्कमा क्लबले उनीविरूद्धको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।

हकीमीलाई आफ्नी श्रीमती र छोराछोरी छुट्टीमा टाढा रहेको बेला आफ्नो घर आउनका लागि ती युवतीलाई पैसा तिरेको आरोप लगाइएको छ ।

गत सोमबार हकिमी फ्रान्सको राजधानी पेरिसमा आयोजित फिफा बेस्ट अवार्ड समारोहमा देखा परेका थिए । उनलाई व्यवसायिक फुटबलरको लागि विश्वव्यापी प्रतिनिधि संगठन एफआईएफप्रो पुरुष वर्ष खेलाडीको रूपमा सम्मान गरिएको थियो ।

कतारमा सम्पन्न विश्वकप फुटबलमा उनी मोरक्काको फुटबल टोलीको महत्वपूर्ण खेलाडीका रूपमा देखिएका थिए । मोरक्को अरब संसारबाट विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो राष्ट्र बनेको थियो ।

फ्रान्सको कानूनअनुसार अभियोग लाग्नुको अर्थ मुद्दा सुनुवाइमा जाने भन्ने छैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : २१ बजे

प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभालाई अझ जिम्मेवार बनाउनुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी

संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी : सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई

‘संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा सदैव क्रियाशील रहन्छ’  

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को

जनताले पटकपटक गरेको क्रान्तिको महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले