युक्रेनमा युद्ध सुरु भएयता पहिलो पटक अमेरिका र रुसका विदेशमन्त्रीबीच प्रत्यक्ष संवाद « Khabarhub

युक्रेनमा युद्ध सुरु भएयता पहिलो पटक अमेरिका र रुसका विदेशमन्त्रीबीच प्रत्यक्ष संवाद


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्ष युक्रेनमा रुसले थालेको आक्रमणपछि अमेरिका र रुसका विदेशमन्त्रीबीच पहिलो पटक संवाद भएको छ । भारतमा भएको जी २० का विदेशमन्त्रीहरुको बैठकका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभबीच अनौपचारिक संवाद भएको हो ।

यद्यपि दुई विदेशमन्त्रीबीच ‘कुनै विषयमा वार्ता वा वास्तविक बैठक’ भने नभएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । दुई देशका विदेशमन्त्रीबीच १० मिनेटभन्दा कम समय संवाद भएको जनाइएको छ ।

जी २० का विदेशमन्त्रीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले रुसी समकक्षी लाभ्रोभसँग संवाद भएको पुष्टि गरे ।

संवादका क्रममा आफूले लाभ्रोभलाई युक्रेनमा जारी आक्रमण रोक्न आग्रह गरेको पत्रकार सम्मेलनमा ब्लिन्केनले जानकारी दिए । यसबाहेक रुसलाई आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धीमा पुनः सहभागी हुन पनि आग्रह गरेको ब्लिन्केनको भनाइ छ ।

यसबाहेक संवादका क्रममा ब्लिन्केनले रुसमा बन्दी बनाइएका अमेरिकी नागरिक पउल ह्वेलानको अवस्थाप्रति पनि चासो व्यक्त गरेको जनाइएको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले दुई देशका विदेशमन्त्रीबीच संवाद भएको पुष्टि गरेपनि यसबारे थप विवरण भने नदिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ४६ बजे

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा