घरेलु मैदानमा पिएसजीको दोस्रो हार « Khabarhub

घरेलु मैदानमा पिएसजीको दोस्रो हार


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो।

पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो। उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गरेको गोल जीतका लागि काफी बन्न पुग्यो।

पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा घरेलु टोली पिएसजीले पाहुना टोलीमाथि दवाव बढाए पनि गोल गर्न नसक्दा समग्र खेलमा दोस्रो पराजय बेहोर्नु परेको हो। पिएसजी यसअघि रेनेससँग २–० ले पराजित भएको थियो।

यस जितसँगै लियोन २९ खेलबाट ४४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ भने पिएसजीले शीर्ष स्थानमा कायमै राखे पनि पराजयसँगै अग्रता बढाउनबाट भने चुकेको छ। शीर्षस्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंकमा छ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : १९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल